१० पुस मोरङ । जहदा गाउँपालिका १, कालाबन्जरस्थित दशगजामा भारतले सडक निर्माण थालेको छ । भारतलको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपन्चायत ४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किमि सडक बनाइएको छ ।
विद्यायक मनचन केशरीको विद्यायक फन्ड बाट सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए । दशगजा मा रहेको १७४÷२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्साभेटरले खनेको छ । दशगजामा सडक निर्माण भइरहेको जानकारी आएपछि जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीपचन्द यादवसहितको टोली पुगेर निर्माण भइरहेको जानकारी पायौँ, उनले भने, सशस्त्र प्रहरी बेस बुधनगर र इलाका प्रहरी बधनगरलाई जानकारी गराएर निर्माण रोक्न लगाएका छौ । भारतीयले जबरजस्ती सडक निर्माण गरेको उनले बताए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १० मंगलवार ०८:१९ मा प्रकाशित