back
CTIZAN AD

बङ्लादेशमा निर्वाचनका बेला रोहिङ्ज्या शिविर बन्द गरिने

वि.सं.२०७५ पुस १० मंगलवार

696 

shares

१० पुस, कोक्सास बजार, बङ्लादेश । बङ्लादेशमा रहेका रोहिङ्ज्या शरणार्थी शिविरहरूलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ ।

देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिङ्ज्या मुस्लिमहरूलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरूमा रोहिङ्ज्या शरणार्थीहरू बस्दै आएका छन् । उनीहरूलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन् ।

म्यानमारको सरकारी सेनाले लखेटेपछि रोहिङ्ज्या समुदायका लाखौ मानिस शरणका लागि छिमेकी मुलुक बङ्लादेश छिर्न बाध्य भएका हुन् ।

निर्वाचन आयोगले सवै अधिकारीहरूलाई कोक्सास बजारबाट शरणार्थीहरूलाई निर्वाचन अवधिभरी नियन्त्रणमा आह्वान गरेको छ ।

“सुरक्षाको कारणले यस्तो गर्नु परेको हो, गैरसरकारी संस्थाका कार्यकर्ताहरूलाई पनि बन्देज गरिएको छ, आपतकालीन अवस्था बाहेक अन्य अवस्थामा उनीहरूलाई पनि शिविरमा आवतजावत गर्न नपाइने गराइएको छ,” उनले भने ।

यही डिसेम्बर ३० मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल उनकी प्रतिद्वन्द्वी खालिदा जियाको दलका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । जिया भने ढाकाको जेलमा बन्दी छन् ।

हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ । चुनावी मतसर्वेक्षणमा उहाँको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ । सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उहाँमाथि छ ।

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छन् । उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ ।

बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुहुने छैन । बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रूपमा हुन नसक्ने दाबी गरेको छ । हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।

वि.सं.२०७५ पुस १० मंगलवार ०९:४९ मा प्रकाशित

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...