back

बङ्लादेशमा निर्वाचनका बेला रोहिङ्ज्या शिविर बन्द गरिने

वि.सं.२०७५ पुस १० मंगलवार

345 

shares
IME Limited
NTC AD

१० पुस, कोक्सास बजार, बङ्लादेश । बङ्लादेशमा रहेका रोहिङ्ज्या शरणार्थी शिविरहरूलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ ।

देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिङ्ज्या मुस्लिमहरूलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरूमा रोहिङ्ज्या शरणार्थीहरू बस्दै आएका छन् । उनीहरूलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन् ।

म्यानमारको सरकारी सेनाले लखेटेपछि रोहिङ्ज्या समुदायका लाखौ मानिस शरणका लागि छिमेकी मुलुक बङ्लादेश छिर्न बाध्य भएका हुन् ।

निर्वाचन आयोगले सवै अधिकारीहरूलाई कोक्सास बजारबाट शरणार्थीहरूलाई निर्वाचन अवधिभरी नियन्त्रणमा आह्वान गरेको छ ।

“सुरक्षाको कारणले यस्तो गर्नु परेको हो, गैरसरकारी संस्थाका कार्यकर्ताहरूलाई पनि बन्देज गरिएको छ, आपतकालीन अवस्था बाहेक अन्य अवस्थामा उनीहरूलाई पनि शिविरमा आवतजावत गर्न नपाइने गराइएको छ,” उनले भने ।

यही डिसेम्बर ३० मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल उनकी प्रतिद्वन्द्वी खालिदा जियाको दलका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । जिया भने ढाकाको जेलमा बन्दी छन् ।

हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ । चुनावी मतसर्वेक्षणमा उहाँको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ । सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उहाँमाथि छ ।

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छन् । उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ ।

बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुहुने छैन । बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रूपमा हुन नसक्ने दाबी गरेको छ । हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।

वि.सं.२०७५ पुस १० मंगलवार ०९:४९ मा प्रकाशित

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस...

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र...