back

काठमाडौको तापक्रम दुई डिग्रीमा झर्यो : अझै चिसो बढ्ने

वि.सं.२०७५ पुस १० मंगलवार

456 

shares
IME Limited
NTC AD

१० पुस, काठमाडौ ।  राजधानी काठमाडौको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौको न्यूनतम तापक्रम २।६ र अधिकतम तापक्रम १७।७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौको न्यूनतम तापक्रम ३।५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गर्नुभयो । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”, उनले भने ।

न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७।२ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम ९।५ र अधिकतम तापक्रम २६।४, सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६।५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी क्षेत्रका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधबार पनि देशका पश्चिमी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पूर्वी पहाडी भेगमा सामान्य बदली रहने छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।

वि.सं.२०७५ पुस १० मंगलवार १४:१२ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ का...

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)...

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको...