back

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर मारिए

वि.सं.२०७५ पुस १० मंगलवार

198 

shares
NTC AD

१० पुस, पुब्ला, मेक्सिको ।  मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए ।

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गरेका थिए । उनी पुब्लाको पहिलो महिला गभर्नर थिए । उनका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर थिए ।

वि.सं.२०७५ पुस १० मंगलवार १६:५८ मा प्रकाशित

ADBL AD
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

दमास्कस । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा...

 रुसी आक्रमणमा परी युक्रेनको पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

 रुसी आक्रमणमा परी युक्रेनको पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

किएभ ।  गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल...

अफगानिस्तानमा एक लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

अफगानिस्तानमा एक लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

 काबुल । अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा...

गाजामा कुपोषण र उपचारको अभावमा मृत्यु हुने बालबालिको सङ्ख्या ३७ पुग्यो

गाजामा कुपोषण र उपचारको अभावमा मृत्यु हुने बालबालिको सङ्ख्या ३७ पुग्यो

गाजा ।  गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक...

एक हप्तामा  विभिन्न देशबाट ३० हजार बढी अफगानी शरणार्थी देश फर्किए

एक हप्तामा  विभिन्न देशबाट ३० हजार बढी अफगानी शरणार्थी देश फर्किए

काबुल । गत हप्तामा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू...

युक्रेनका लागि इटालीको दृढ र स्पष्ट समर्थन रहेको प्रधानमन्त्री मेलोनीको भनाई

युक्रेनका लागि इटालीको दृढ र स्पष्ट समर्थन रहेको प्रधानमन्त्री मेलोनीको भनाई

सेर्नोबियो (इटाली) ।  इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले शनिबार राष्ट्रपति भोलोदिमिर...