back

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

वि.सं.२०७५ पुस ११ बुधवार

387 

shares
IME Limited
NTC AD

११ पुस, काठमाडौ ।  नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ ।

आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ता र ४० को हाराहारीमा ब्लगरले भाग लिनेछन् । हालसम्म दक्षिण सियाली मुलुकका सात वटा देशका ४० निवेदन प्राप्त भएको आयोजकले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सरकारी एवं निजी क्षेत्रका विभिन्न पर्यटन सङ्घ–संस्थाको कार्यक्रम कार्यान्वयन एकाइका रूपमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्टको आयोजना गर्न लागेको हो ।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको यस व्यावसायिक सम्मेलनले सम्पूर्ण पर्यटन व्यवसायीलगायत नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा समेत नेपालाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपालको पर्यटन बजार विस्तार र प्रवद्र्धन गर्न यस प्रकारको सम्मेलनले महत्वपूर्ण योगदान पुग्ने मार्ट मूल आयोजक समितिका सदस्य–सचिव अच्युत शर्मा गुरागार्इँले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रमको व्यावसायिक जमघट बिटुबी सत्रहरू भैरहवास्थित होटल टाइगर प्यालेसमा सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा पर्यटनमन्त्री, प्रदेश नं ५ का मुख्यमन्त्री, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सहभागी हुनेछन् ।

मार्टमा बौद्ध पर्यटनको साथै व्यावसायिक पर्यटनको छलफल तथा अन्तक्र्रिया गरिने र सम्बद्ध विज्ञले प्रस्तुति दिनेछन् । यो कार्यक्रमले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

मार्टका लागि रु दुई करोड आठ लाख खर्च हुने र उक्त रकम नेपाल पर्यटन बोर्डले एक करोड र बाँकी नाट्टाको पहलमा विभिन्न पर्यटकीय सङ्घ–संस्थाको साझेदारीमा जम्मा गरिने जनाइएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सिर्जना गर्ने उद्देश्यले नेपालमै अन्तर्राष्ट्रियस्तरको मार्ट गर्न लागिएको हो ।

मार्टलाई सफल बनाउन पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी रहेको ३९ सदस्ययी मूल आयोजक समिति गठन गरिएको छ ।

यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक देवकोटाले उपत्यका बाहिर पहिलोपटक ठूलो ‘इभेन्ट’ को रूपमा आयोजना हुन लागेको मार्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटनमा दूरगामी प्रभाव पार्ने मार्टलाई आगामी वर्षमा निरन्तरता दिइने बताए । नाट्टाका अध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रकै महत्वपूण कार्यक्रमको रूपमा बौद्ध मार्टलाई प्रभावकारी बनाउन सरोकार निकायसँग समन्वयका साथ लागि परेको उल्लेख गरे ।

वि.सं.२०७५ पुस ११ बुधवार ०९:०८ मा प्रकाशित

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती...

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी) । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका...