back

‘ए’ डिभिजन लिग : एघारौँ चरणका खेल आजदेखि

वि.सं.२०७५ पुस ११ बुधवार

222 

shares
NTC AD

पुस, काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ ।

बिहीबार सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । मनाङ र सङ्कटाबीचको खेललाई उपाधि भिडन्तका रुपमा हेरिएको छ । सङ्कटासितको खेल मनाङले जिते दुई खेलअगावै उसले लिगको उपाधि जित्नेछ । एघारौँ चरणको अन्तिम खेल शुक्रबार सरस्वती युथ क्लब र त्रिभुवन आर्मीबीच तथा नेपाल पुलिस र थ्रीस्टार क्लबबीच एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ, १४÷१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ÷आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ÷छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ तथा न्युरोड टिम एनआरटी चार अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ ।

वि.सं.२०७५ पुस ११ बुधवार ११:११ मा प्रकाशित

ADBL AD
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा (रुपन्देही) । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली...

प्रहरी महानिरीक्षकले गरे प्रहरी महिला भलिबल समूहलाई विदाइ

प्रहरी महानिरीक्षकले गरे प्रहरी महिला भलिबल समूहलाई विदाइ

काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त...

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

काठमाडौँ । फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय...

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

खजुरा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

काठमाडौँ । 'द ब्रिटिस कलेज'ले ब्रिटिस कप इन्टर कलेज फुट्सल...