back

चितवन हात्ती महोत्सव आजदेखि

वि.सं.२०७५ पुस ११ बुधवार

321 

shares
IME Limited
NTC AD

११ पुस, भरतपुर ।  पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । “जङ्गल र जङ्गली जनावर राष्ट्रका साझा सम्पत्ति भएकाले तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो,” उनले भने । महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिँदै छ ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।

वि.सं.२०७५ पुस ११ बुधवार ११:४१ मा प्रकाशित

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै...