back

उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान

वि.सं.२०७५ पुस ११ बुधवार

402 

shares
IME Limited
NTC AD

११ पुस, काठमाडौ । सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली आज थाइल्याण्डको फुकेट प्रस्थान गरेको छ ।

यही पुस १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नौ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासङ्घ आइकेएफएफको आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुव घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र सियाङ तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा सुकमान लामा, व्यवस्थापकमा भूपेन्द्र गुरुङ तथा अफिसियलमा रमेश महर्जन र मोतीप्रसाद अधिकारी छन् । अध्यक्ष लामाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतियोगिता दौरान हुने आठौं अन्तर्राष्ट्रिय उसु कल्चर एक्सचेन्ज कन्फ्रेन्समा पनि सहभागिता जनाउने छन् । अध्यक्ष लामा आइकेएफएफ नेपाल च्याप्टरका अध्यक्ष समेत हुन् ।

टोलीलाई नेपाल उमा कुङफु सङ्घका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आइकेएफएफ नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

वि.सं.२०७५ पुस ११ बुधवार १४:१५ मा प्रकाशित

आज नेपाल र स्कटल्यान्ड भिड्दै

आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज...

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...