back

तीन तहमा कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम

वि.सं.२०७५ पुस १२ बिहीवार

291 

shares
IME Limited
NTC AD

१२ पुस, काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ ।

सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार भएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही सङ्गठन संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अगाडि बढ्ने छ । कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुसार मन्त्रालयले कर्मचारी समायोजन प्रक्रियालाई तीव्रता दिएको छ । तर आधिकारिक ट्रेड युनियनले समायोजन प्रक्रियाको विरोध जनाउँदै आएका छन् ।

कर्मचारी समायोजनसम्बन्धी कार्यको अनुगमन गर्ने, अन्तर निकाय समन्वय गर्ने र अवश्यकताअनुसार निर्देशनसमेत दिन अध्यादेश प्रावधानअनुसार निर्देशन तथा समन्वय समितिको बैठक बसी आवश्यक निर्देशन भइरहेको सो अवसरमा जानकारी दिइयो ।

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले अध्यादेशको व्यवस्थाअनुसार समायोजनसम्बन्धी आवेदन दिन मन्त्रालयले छुट्टाछुट्टै चार वटा सूचना प्रकाशित गरेको जानकारी दिए ।

राष्ट्रिय किताबखानाबाट कर्मचारी विवरण अद्यावधिक गर्ने कार्य निरन्तर भइराखेको, साविकका स्थानीय निकायका स्थायी कर्मचारीको स्थानीय तहमा समायोजन गर्ने कार्य प्रायःसम्पन्न भएको, कर्मचारी समायोजनसम्बन्धी सूचनालगायतका कार्य गर्न सबै स्थानीय तह, सबै जिल्ला प्रशासन कार्यालय, सबै जिल्ला समन्वय समिति, सबै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहयोगी कक्ष स्थापना गरिएको उनले बताए ।

कर्मचारी समायोजनसम्बन्धी कार्यका लागि धधध।कबmबथयवबल।नयख।लउ वेबसाइड निर्माण गरी सञ्चालनमा ल्याइएको र अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाइएकोसमेत सहसचिव पनेरुले जानकारी दिए ।

उनले अध्यादेशले कर्मचारी समायोजनका आधार स्पष्ट गरी आफूले राजेको सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन हुनसक्ने, भौगोलिक वर्गीकरणअनुसार दुर्गम स्थानमा समायोजन हुने कर्मचारीले थप प्रोत्साहन सुविधा पाउने व्यवस्था गरिएको बताए ।

संविधानअनुसार अध्यादेश ल्याइएको हो : मन्त्री पण्डित

सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ ल्याइएको बताएका छन् ।

अध्यादेशले सङ्घीयतालाई बलियो बनाउने चर्चा गर्दै उनले सामायोजन हुने कर्मचारीलाई भेदभाव नगरिने स्पष्ट पारे । मन्त्री पण्डितले भने, “अध्यादेशले कर्मचारी वृत्तिविकासका ढोका बन्द गर्दैन ।”

संविधानको व्यवस्था र भावनाअनुरुप कर्मचारी समायोजन अध्यादेश आएको हुँदा यसले सङ्घीयता कार्यान्वनमा महत्वपूर्ण कडीको काम गर्छ उनले भने ।

कर्मचारी समायोजनका लागि आवेदन आह्वान

सरकारले बुधबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम शुरु गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा समायोजनमा जानका लागि बुधबार आवेदनमा लागि आह्वान गरेको हो ।

मन्त्रालयका उपसचिव अनिता निरौलाले विभिन्न चार प्रकारका सूचना जारी गरी समायोजनका लागि कर्मचारीलाई फाराम भर्नका लागि आह्वान गरिएको जानकारी दिए ।
उनका अनुसार सरकारी सेवाका कर्मचारीका लागि र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्त भएका तर नयाँ सङ्गठन संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि २१ दिनसम्म, प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका सङ्गठित संस्थाका स्थायी कर्मचारीका लागि र साविक जिल्ला विकास समितिको सेवामा स्थायी नियुक्त पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि १५ दिनसम्म आवेदन फाराम भर्न आह्वान गरिएको छ ।

उनले अध्यादेशमा भएका व्यवस्था र आवेदनले माग गरेअनुसार समायोजनमा जाने कर्मचारीको नजिता प्रकाशित गरिने बताए ।

सरकारले यसअघि स्थानीय निकायमा स्थायी भएका कर्मचारीको स्थानीय तहमा समायोजन सकेर मन्त्रालयले सङ्घमा रहेका कर्मचारीलाई तीनै तहमा समायोजनको कार्य शुरु गरेको हो ।

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुका अनुसार तीन तहको सङ्गठन, संरचना र दरबन्दी स्वीकृत गरी समायोजन शुरु गरिएको छ ।

उनले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी समायोजन हुने जानकारी दिए ।

वि.सं.२०७५ पुस १२ बिहीवार ०८:३० मा प्रकाशित

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...