back

‘कुनै अपराध भए प्रहरीलाई खबर गर्नुहोस्’

वि.सं.२०७५ पुस १२ बिहीवार

390 

shares
IME Limited
NTC AD

 

१२ पुस, काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा कुनै अपराध भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत बुधबार काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आयोजित कार्यक्रममा उनले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
महानगरीय प्रहरीवृत्त बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गोविन्द्र काफ्लेले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीलाई नागरिकस्तरको सहयोग आवश्यक रहेको बताए । प्रहरी विद्यालय सम्पर्क समितिका अध्यक्ष एवं रत्नराज्य माध्यामिक विद्यालयका प्राचार्य डा गीता खरेलले समाजमा हुने अपराध रोकथामका लागि विद्यार्थीको ठूलो भूमिका रहेको बताए ।

सनराइज विद्यालयका प्राचार्य तेजप्रकाश श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा काठमाडौँ महानगरपालिका– १०, ३१ र ३२ का ३१ विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

वि.सं.२०७५ पुस १२ बिहीवार ०८:५५ मा प्रकाशित

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने...