१२ पुस, तेहरान । इरानले अफगानी तालिबान लडाकूहरूसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताएको तास्निम समाचार समितिले जनाएको छ ।
अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताए ।
वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन । तालिबान लडाकू समूहसँग हुन गइरहेको वार्ताको विषयमा शामखानीले अफगान उच्चस्तरीय अधिकारीहरूसँग वार्ता गरेका थिए ।
काबुलको भ्रमणको क्रममा बुधबार उनी वार्ता गरेको तास्निम र विभिन्न समाचार समितिहरूले जनाएका छन् ।
इस्लामिक गणतन्त्र यस देशले अफगानिस्तानको क्षेत्रीय, स्थायित्व सुरक्षा मुद्दाहरूलाई सधँै सहयोग गर्दै आएको पनि शामखानीले बताए ।
वि.सं.२०७५ पुस १२ बिहीवार ०९:४९ मा प्रकाशित