back

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

वि.सं.२०७५ पुस १२ बिहीवार

402 

shares
IME Limited
NTC AD

पुस, राँझा । बाँकेको जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको यो गाउँपालिकाको आधाभन्दा धेरै गर्भवतीले सहजरुपमा प्रसूति सेवा पाउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बताए ।

छ वटा वडामध्ये गाउँपालिका–३ इन्द्रपुर, वडा नं ४ खजुराखुद्र्ध, र वडा नं ५ बेलहरीस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन हुन सकेको छैन । गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुङले प्रसूति केन्द्र भवन र स्रोत साधनको अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताए । प्रसूति केन्द्र नहुँदा मातृशिशु सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ ।

इन्द्रपुर स्वास्थ्यचौकीमा भवन निर्माण भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन । वडा कार्यालयमार्फत पटक पटक माग पेश गरे पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी प्रमुख गगनसिंह साउँदले जानकारी दिए । खजुराखुर्दमा भवनसमेत छैन ।

बेलहरी स्वास्थ्यचौकीमा प्रसूति केन्द्रको भवन बनेको चार वर्ष भयो तर सञ्चालनमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्रको भवन निर्माण भए पनि झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको स्वास्थ्यचौकी प्रमुख टामलाल बेल्वासेको भनाइ छ ।

प्रसूति सेवा केन्द्रमा गाउँपालिका कार्यालय

जानकी गाउँपालिका कार्यालय दुई वर्षदेखि वडा नंं ४ खजुराखुर्दस्थित स्वास्थ्यचौकीको प्रसूति सेवा केन्द्रबाट सञ्चालन हुँदै आएको छ ।
प्रसूति सेवा केन्द्रको भवनमा गाउँपालिका कार्यालय बसेपछि सेवा सञ्चालन गर्न नसकिएको वडा नं ४ का अध्यक्ष विश्रामकुमार बर्माले बताए । “प्रसूति केन्द्र भवन बनाइदिने सहमति भएको हो तर निर्माण हुन सकेको छैन ।”, उनले भने ।

गाउँपालिकाले उक्त भवनमा अहिले तला थपेर कार्यालय सञ्चालन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाको केन्द्र स्पष्ट भइनसकेकाले तत्काललाई कार्यालय सञ्चालनको लागि स्वास्थ्यचौकीको भवन उपयोग गर्नुपरेको बताए ।
अन्य वडामा प्रसूति सेवा केन्द्र सञ्चालनको लागि यो वर्ष बजेट विनियोजन नभएकाले आगामी आर्थिक वर्षमा आवश्यक बजेट छुट्टाइने उनको भनाइ रहेको छ ।

वि.सं.२०७५ पुस १२ बिहीवार १३:०६ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...