back

साना किसानको ऋण मिनाहा

वि.सं.२०७५ पुस १२ बिहीवार

432 

shares
IME Limited
NTC AD

१२ पुस, पर्वत । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो ।

आव २०७४र७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज रु १८ लाख ९३ हजार १२८ र साँवा रु चार लाख ४५ हजार ५९२ गरी रु २३ लाख ३८ हजार ७२० असुल गर्न बाँकी रहेको कृषि विकास बैंक कुश्मा शाखाका प्रमुख महेश पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार जिल्लाका चार सहकारी संस्थामार्फत कृषकले ऋण लिएका थिए । बैंकबाट ऋण लिएर कृषकलाई वितरण गरेका तर अहिले अस्तित्वमै नरहेका सहकारी संस्थाहरूको ऋण मिनाहा भएको हो । यसबाट कतिपय जग्गा धितो राखेर ऋण लिएकाहरू समस्यामा परेका थिए ।
पर्वतका गुप्तेश्वर सहकारी संस्था लिमिटेडले ब्याजसहित रु ११ लाख ७४ हजार ३५६, हडरे देउराली सहकारी फलेवासले रु दुई लाख ३८ हजार ३८६, धौलागिरि सहकारी मोदी–२ देउपुरले रु दुई लाख ९७ हजार, आदर्श बहुमुखी सहकारीले रु तीन लाख २५ हजार १५ र सोही सहकारीले अर्को शीर्षकमा लगेको रु तीन लाख तीन हजार ९६२ ब्याजसहित असुल गर्नुपर्ने बक्यौता रहेको थियो ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले ऋण मिनाहा गर्ने घोषणा गरेपछि ती सहकारीमार्फत ऋण लिएका सबै कृषक ऋणमुक्त बनेको शाखा प्रबन्धक पौडेलले बताए । उनका अनुसार कतिपय जग्गा धितो राखेकाले बैंकमा सम्पर्क राखी फकुवा गर्न सकिने समेत जानकारी दिए ।

वि.सं.२०७५ पुस १२ बिहीवार १४:३० मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

नेप्से परिसूचक २२ अङ्कले घट्यो

नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

यस्तो छ आज : विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज : विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

माबिलुङ इनर्जीको आइपिओ खुल्यो

माबिलुङ इनर्जीको आइपिओ खुल्यो

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आइपिओ खुला गरेको छ ।...