१३ पुस काठमाडौ । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजनाको काम गर्ने नगर्नेबारे अझै निश्चित नभएको बताएकी छन् । संसदको विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएका प्रश्नको बिहीबार जवाफ दिदै उनले औपचारीक रुपमा ठेकेदारसँग छलफल हुन्छ, उनले भनिन्, उसले काम गर्छु भोर पत्र पठाए पनि गर्ने नगर्ने अहिले केही भन्न सकिदैन । अदृश्य रुपमा ठेकेदारसँग विभिन्न निर्णय भएको भन्दै उनले सीएमसीबाटै काम गर्ने अन्तिम प्रयास जारी रहने बताइन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १३ शुक्रवार ०८:५४ मा प्रकाशित