१३ पुस, रुकुम । रुकुम पूर्वमा बिहीबार अपराह्न ४ बजेतिर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा१त १६९४ नंको ट्याक्टर सोही गाउँपालिका-१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सोही दुर्घटनामा परी रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन् । हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करीब ३०० मिटर तल खसेको बताइएको छ । घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको छ । ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७५ पुस १३ शुक्रवार ०९:३९ मा प्रकाशित