back

सरुनाको ‘लाईट’ र रियाको ‘द इसेन्स’ प्रदर्शनीमा

वि.सं.२०७५ पुस १३ शुक्रवार

531 

shares

१३ पुस ललितपुर । पाटन संग्राहलयमा ‘लाईट’ र ‘द इसेन्स’ नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ ।
योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको ‘लाईट’ र रिया बज्राचार्यको ‘द इसेन्स’ नाम दिइएको एकल चित्रकलाको संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनद्धारा उद्घाटन गरिएको थियो । उक्त चित्रकला प्रदर्शनीमा सरुनादेवी महर्जनका ‘लाईट’ नाम गरेका १४ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।
महर्जनका चित्रहरु महिला संवेदनामा आधारित रहेका छन् । आफ्ना चित्रबाट महिलाले गरेका दुःखबाट संसार चलेको चित्रण गर्ने प्रयास गरेको चित्रकार महर्जनले बताइन् ।
चित्रकार रिया बज्राचार्यको एकल प्रदर्शनीमा पनि १४ वटै चित्रहरु प्रदर्शनीमा राखिएका छन् । जीवनका उमंग र उत्साह भर्ने चित्रहरु कोर्ने गुण रहेको बज्राचार्यको चित्रहरुमा देख्न सकिन्छ । आफ्ना चित्रहरुबारे बज्राचार्यले भनिन्, “मैले कोरेका सबै चित्रहरु विभिन्न फुलसँग सम्बन्धित हुनुको कारण भनेको मैले जीवनमा देखेका आशा हुन्, त्यही आशालाई फुलका मार्फतबाट देखाउने प्रयास गरेको छु ।”उद्घाटन समारोहमा सम्बोधन गर्दै आयोजक संस्था योङ् पिकासोका निर्देशक अजय देशारले नयाँ पुस्ताका चित्रकार उत्पादन गरी चित्रका मार्फतबाट प्रतिभा प्रस्फुटन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताए ।
पत्रकार महासंघकी केन्द्रीय सदस्य मिरा राजभण्डारीले महिलाको क्षमता विकासमा कलाकारिताको महत्व रहेको बताइन् ।उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले कलाको विकासमा सधै सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । चित्रकार, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थितिमा उद्घाटन भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।

वि.सं.२०७५ पुस १३ शुक्रवार १३:५४ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...