back

किसानलाई ट्र्याक्टर वितरण

वि.सं.२०७५ पुस १३ शुक्रवार

357 

shares
IME Limited
NTC AD
 

१३ पुस, बेत्रावती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ तरकारी जोन नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर ट्र्याक्टर वितरण गरेको छ ।

परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्न ट्र्याक्टर वितरण गरेको जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।

उनका अनुसार किसानलाई उपलब्ध गराइएको ट्र्याक्टरमा रु २५ हजारसम्म तथा आधा रकम अनुदानमा दिइएको छ । “जोन कार्यालय विदुरको परिसरमा नै ट्र्याक्टर बिक्री गर्ने व्यवसायीलाई प्रदर्शनी गर्न लगाएर किसानलाई छनोट गर्ने अवसर दिएका छाँै ।” जोन प्रमुख गैरेले भने “रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने विभिन्न चार किसिमका ट्र्याक्टर किसानले खरीदका लागि छनोट गर्न पाएका छन् ।”

परियोजनाले किसानलाई यान्त्रिकीकरणमार्फत खेती लगाउन सहयोग पु¥याउने उद्देश्यले ट्र्याक्टर लिन चाहने किसानसँग प्रस्ताव माग गरेको थियो । सोही अनुसार ९१ वटा कृषि सहकारी, कृषि समूह र फार्म प्रस्तावक भएर आवेदन दिएका थिए ।

किसानको मागअनुसार हाल १२० थान ट्र्याक्टर उपलब्ध गराइएको र आवश्यकताअनुसार थप गरिने परियोजनाका कृषि अधिकृत कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार किसानले गरेको प्रस्तावमा रहेर सात हर्ज क्षमताका रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने ट्र्याक्टर अनुदानमा उपलब्ध गराइएको हो ।

“किसानले खरीद गर्न चाहेको ट्र्याक्टरमा आधा रकम तथा बढीमा रु २५ हजारसम्म अनुदान दिइएको छ ।” कृषि अधिकृत उपाध्यायले भने, “प्रति कृषि सहकारी संस्थालाई तीन थान, कृषक समूहलाई दुई थान र कृषि फार्म सञ्चालन गर्दै आएका किसानलाई एक थान ट्र्याक्टर अनुदानमा दिइएको छ ।”

कार्यालयले उपलब्ध गराएको ट्र्याक्टरको सहायताले कम लगानीमा धेरै प्रतिफल निकाल्न सकिने जोन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले बताए । उनका अनुुसार आधुनिक खेती प्रणालीका लागि यान्त्रिकीकरण अत्यावश्यक भएकाले ट्र्याक्टर वितरणले किसानलाई उत्साहित बनाएको छ ।

“गोरु पाल्न र हलो जोत्न जनशक्तिको अभावले खेती लगाउन कठिन बन्दै आएको छ ।” पुडासैनीले भने, “कम लगानीमा छिटो काम गरेर व्यावसायिक बनाउन किसानलाई ट्र्याक्टरसँगै अब कृषि उत्पादनको ढुवानी गर्न सवारीसाधन समेत उपलब्ध गराउन लागिएको छ ।”

नुवाकोटमा गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको तरकारी जोन कार्यक्रम यहाँको ककनी गाउँपालिका–८ बाहेक सातवटा वडा, शिवपुरी गाउँपालिका–६ समुद्रादेवी, वडा– ७ सुनखानी र वडा नं– ८ थानापती, पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्या, वडा नं–४ थप्रेक र वडा नंं–५ भदु्रटार एवं दुप्चेश्वर गाउँपालिका–३ रातउवेशी र वडा नंं–५ बालकुमारीमा कार्यान्वयनमा छ । हाल जोनमा एक हजार ३७ किसान आबद्ध छन् ।

छनोट क्षेत्रका किसान, कृषक समूह, कृषि फार्म, कृषि सहकारी संस्था, कृषि सम्बन्धी जल उपभोक्ता समितिले गर्दै आएका तरकारी खेतीसहित अब व्यावसायिक तरकारीखेती गर्न चाहेमा उनीहरूलाई विभिन्न सहायता कार्यक्रम सञ्चालनमा ल्याइएको छ । दश वर्षसम्म सञ्चालन हुने कार्यक्रमले छोटो अवधिमा कृषि पेशालाई सम्मानित बनाई किसानको जीवनशैलीमा कायपलट गर्ने योजना बनाएको जोन प्रमुख गैरेले बताए ।

उनका अनुसार हाल किसानलाई अनुदानमा फलामको स्थायी टनेल निर्माण, प्लास्टिक पोखरी र भकारो सुधार कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

परियोजनामार्फत किसानलाई निःशुल्क प्राविधिक सहयोग, ८५ प्रतिशत अनुदानमा प्रयोगशाला सेवा, साना सिँचाइ पूर्वाधार र उत्पादन तथा कृषि व्यवसाय सेवाको पूर्वाधार, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण, कृषि उत्पादन सामग्री अन्तर्गतका बीउ, बेर्ना, बिरुवा लगायतका सेवा सञ्चालनमा रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनामार्फत नुवाकोटमा तरकारी जोनसहित आलु जोन कार्यक्रम र चार वटा ब्लक र २१ वटा पकेट क्षेत्र सञ्चालनमा छन् ।

वि.सं.२०७५ पुस १३ शुक्रवार १४:२३ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...