back

ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह

वि.सं.२०७५ पुस १३ शुक्रवार

189 

shares
NTC AD

 

 

१३ पुस, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताएका छन् ।आजदेखि शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले वर्तमान सरकारको मुख्य उद्देश्य नै देशलाई आर्थिकरुपमा मजबुत बनाउनेतर्फ रहेको स्पष्ट पारे । मन्त्री यादवले देशमा गणतन्त्र आएसँगै निजी क्षेत्रलाई लगानी गर्ने वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
मेलाका संयोजक नवराज गौतमले अहिले वार्षिक तीन करोड जोर जुत्ता उत्पादन भइरहेकामा २०२० सम्ममा पाँच करोड उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराए । चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाली प्रयोगकर्ताको सोच विचारमा परिवर्तन नआएकाले पनि स्वदेशमा उत्पादन भएका सामग्री प्रयोगमा कमी आएको धारणा राखे ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा यही पुस १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालनमा रहने मेलामा १४० कक्ष रहका छन् । मेलामा विशेषगरी छालाका जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारका कक्ष राखिएका छन् ।

मेलाको मुख्य उद्देश्य अर्थ सङ्कलन गर्नुभन्दा पनि स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी गर्राएको आयोजक संस्थाका अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी गराए । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ सो मेलामा करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ । मेलामा राखिएका जुनसुकै सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

वि.सं.२०७५ पुस १३ शुक्रवार १७:३३ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...