back

विद्यार्थीद्वारा क्षुद्रग्रहको खोज

वि.सं.२०७५ पुस १३ शुक्रवार

390 

shares
IME Limited
NTC AD

१३ पुस, काठमाडौँ । ‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ ।

आजदेखि शुरु भएको खोज माघ ९ गतेसम्म जारी रहनेछ । खोजमा पाँच सामुदायिक र १५ संस्थागत विद्यालय सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अभियानका सहभागीले अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम अर्थात् प्यान्स्टार्सले खिचेका तस्बीरमा क्षुद्रग्रहको खोज गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

खोज्ने क्रममा कुनै क्षुद्रग्रह पत्ता लागेमा खोजकर्ताको नाममा अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनमा दर्ता हुनेछ । हाल प्यान्स्टार्सका एक दशमलव आठ मिटरका दुई वटा टेलिस्कोप सञ्चालनमा छन् । नेपालमा माध्यमिक (कक्षा ९–१२) विद्यालयस्तरमै अनुसन्धानात्मक काममा रुचि जगाउने कार्यक्रमको उद्देश्य छ ।

खोज सामूहिक प्रयास भएको बुझाउन अभियान थालिएको सोसाइटीले जनाएको छ । सहभागीका लागि पुस १५ र १६ गते विशेष तालीमको व्यवस्था गरिएको छ ।

अभियानसम्बन्धी थप जानकारीका लागि धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचनरबकतभचयष्मकभबचअज बाट जानकारी लिन सकिने जनाइएको छ ।

वि.सं.२०७५ पुस १३ शुक्रवार १८:४५ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...