back

आगलागीबाट रु डेढ करोडको क्षति

वि.सं.२०७५ पुस १३ शुक्रवार

282 

shares
NTC AD

 

१३ पुस, भद्रपुर  । झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम्बूको घरबाट शुरु भएको आगलागीमा शुरुमै ग्यास सिलिण्डर विष्फोट हुँदा आगो चारैतिर अनियन्त्रित भएर फैलिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।

आज बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले अग्निपीडितमध्ये विस्थापित भएका १६ परिवारलाई नगद रु १० हजार र अन्यत्र बसोबास भएका चार परिवारलाई रु पाँच हजारका दरले राहत वितरण गरेको अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरमार्फत प्रति परिवार दुई थान त्रिपाल, दुई थान कम्बल, १७ मिटर कपडा, एउटा साडी र एक सेट भाडाकुँडा वितरण गरिएको उपशाखाकी अध्यक्ष कुसुम कोइरालाले जानकारी दिइन्।

आगलागी स्थलमा पुगी आज बिहान प्रदेश सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, नेकपाका प्रदेश सदस्य विष्णु प्रसाईलगायतले पीडितसँग भेटघाट गरेका छन् । प्रजिअ दाहालले जिल्लाको विपद् कोषबाट नगरपालिकामार्फत प्रत्येक परिवारलाई रु १० हजारका दरले राहत दिइने बताए ।

वि.सं.२०७५ पुस १३ शुक्रवार १८:५९ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...