१४ पुस काठमाडौ । काभ्रे पनौतीका शम्भु कुवँरले भाडामा ट्याक्सी चलाउन थालेको १० वर्ष भयो । उनले ट्याक्सी चलाएर आफ्नी श्रीमती र एक छोरीका जीवन धानीरहेका छन् । उनी भन्छन््, तर के गर्नु हाम्रो सुरक्षाको ग्यारेन्टी छैन। २०६९ सालदेखी भाडा समायोजन नै भएको छैन ।
रामेछाप खाँडादेवी गाउँपालिका ७ का पुर्ण तामाङ विगत सात वर्षदेखि जीविकोपार्जनका लागि काठमाडौमा छ्याक्सी गुडाइरहेका छन् । कतारमा पनि उनले पाँच वर्षजति सवारी चलाए । उनले भनेृ , ट्याक्सी चालक सबै खराब हुदैनन्, हामीलाइ ठग लुटेरा भन्छन् ससुराली जाँदा पनि अप्ठेरो हुनेभयो ।
यो त प्रतिनिधिमुलक उदाहरण मात्रै हो । २०७४ कात्तिकमा ट्याक्सी चालक यज्ञबहादुर खठ्काको भक्तपुर पेप्सीकोलामा राति १२ बजेको समयमा अपरिचित व्यक्तिले हत्या गरे । आजको राजधानी समाचारमा छ ।
वि.सं.२०७५ पुस १४ शनिवार ०८:४४ मा प्रकाशित