back

निर्मला हत्याले नेपाल प्रहरी सबैभन्दा दुःखित

वि.सं.२०७५ पुस १४ शनिवार

408 

shares
IME Limited
NTC AD


१४ पुस, काठमाडौँ (रासस) । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएकोे बताएका छन् ।

सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए । “निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्”, उनले भने ।

उनले आर्थिक वर्ष ०७४÷०७५ मा प्रहरीमा ।बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सामुदायिक सेवा केन्द्रलाई राजनीतिक गर्ने थलोभन्दा समाजसेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताए ।
टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्ने विचार राख्ने ।

केन्द्रका पूर्वअध्यक्ष रामकृष्ण सेढाईं, केन्द्रका सल्लाहकार कल्पना शर्मा, केन्द्रका उपाध्यक्ष लक्ष्मण न्यौपानेलगायतले प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई केन्द्रले साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विसं २०५८ मा स्थापना भएको सामुदायिक सेवा केन्द्रले गोङ्गबु क्षेत्रभित्र रहेको आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसीक्यामरा जडान, विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले जानकारी दिए ।

सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोङ्गबुमा कार्यरत प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी र प्रहरी जवान चमेली कँडेललाई सम्मान गरिएको थियो । साधारणसभाका अवसरमा आजै सामुदायिक सेवा केन्द्रले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७५ पुस १४ शनिवार १४:५५ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...