back

कोलम्बो–काठमाडौँ सिधा हवाई सम्पर्कमा जोड

वि.सं.२०७५ पुस १४ शनिवार

366 

shares
IME Limited
NTC AD


१४ पुस, काठमाडौँ  । छ दशक पुरानो नेपाल र श्रीलङ्काबीचको औपचारिक कूटनीतिक सम्बन्धलाई व्यापार–वाणिज्य र लगानीका क्षेत्रमा पनि थप घनीभूत बनाउने प्रयास भएको छ ।

नेपाल र श्रीलङ्काबीच लगानी तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले बाह्रवर्षअघि स्थापना भएको नेपाल– श्रीलङ्का उद्योग वाणिज्य सङ्घले कोलम्बो–काठमाडौँबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएको छ ।

नेपालका पर्यटन तथा उद्यमी–व्यवसायी र दुवै देशका कूटनीतिक अधिकारीको उपस्थितिमा शुक्रबार अबेर राजधानीमा समापन भएको ‘नेपाल –श्रीलङ्का आर्थिक सम्बन्ध प्रवद्र्धन’ विषयक छलफलमा दुई राष्ट्रबीच सिधा ‘कनेक्टिभिटी’ नहुँदा द्विपक्षीय व्यापार बढाउन नसकिएको निष्कर्षमा सबैको मतैक्य रह्यो ।

नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्ण पेरेराले आपसी व्यापार बढाउन आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै ५० वटा श्रीलङ्काली कम्पनीले दक्षिण एशियाली देशमा लगानी गरिरहेकाले उनीहरूलाई नेपालमा पनि पूँजी लगाउन प्रोत्साहन गर्ने बताए ।

शताब्दीऔँ पुरानो श्रीलङ्का र नेपालबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्धको चर्चा गर्दै उनले भूकम्पले भत्किएका आनन्दकुटी विहार र रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको आर्थिक अभिभारा श्रीलङ्का सरकारले लिएको उल्लेख गरे ।
सङ्घका अध्यक्ष रमेश महर्जनले सन् २०१८ मा झण्डै ५० हजार श्रीलङ्काली धार्मिक पर्यटक नेपाल आएका र पाँच हजारको हाराहारीमा नेपालीले श्रीलङ्का भ्रमण गरेको जानकारी दिए ।

वि.सं.२०७५ पुस १४ शनिवार १४:५९ मा प्रकाशित

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय...

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक...