back

चिसो बढेसँगै बिरामी बढे, तातो खान चिकित्सकको सुझाव

वि.सं.२०७५ पुस १४ शनिवार

327 

shares
IME Limited
NTC AD

१४ पुस, बैतडी। केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् ।

यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित श्रीकोट स्वास्थ्यचौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यचौकीका इञ्चार्ज वीरसिंह भाटले बताए ।

यस्तै दशरथचन्द नगरपालिकाको देहीमाडौँ स्वास्थ्यचौकीमा पनि मौसमी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेका स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले बताए । जिल्लामा भाइरलकै रुपमा ज्वरो, रुघाखाकी नदेखिए पनि मौसमी प्रभावले अधिकांश मानिसमा यो समयमा ज्वरो आउनुका साथै रुघाखोकी लागिरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्टको भनाइ छ । साथै यो समयमा दम र निमोनियाका बिरामीको सङ्ख्या पनि पहिलेको तुलनामा बढिरहेको छ ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । तातोपानीसँगै तातो खानेकुरा खायो भने पनि चिसोबाट बच्न सकिने उनीहरुको भनाइ छ । चिसोमा बालबालिका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

वि.सं.२०७५ पुस १४ शनिवार १५:०५ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...