back

सगरमाथा आरोहि अरबि महिलालाई दूतावासको सम्मान

वि.सं.२०७५ पुस १४ शनिवार

378 

shares
IME Limited
NTC AD

तेज थापा, साउदी अरब
नेपाली दूतावास रियाद साउदी अरबले सगरमाथा आरोहि अरबि महिला राहा मोहार्राकलाई गत डिसेम्बर २५ तारिखमा एक विशेष कार्यक्रम गरि सम्मान गरेको छ । पर्यटन बर्ष २०२० को प्रबर्द्धन सहित दूतावासले रियाद स्थित मलाज क्राउन प्लाज होटेलमा उनलाई सम्मानित गरेको हो ।

विश्वको अग्लो शिखर सगरमाथा सफल आरोहण गरेकी राहा मोहार्राक साउदी अरबकी पहिलो र कान्छी नारी हुन् । राहा पेशाले डिजाईनर आर्ट डाईरेक्टर हुन भने उनले ग्राच्युएसन अमेरीकन युनिभर्सिटी शार्जाह र एम।वि।ए। सिनर्जी युनिभर्सिटी दुबई क्याम्पसबाट पुरा गरेकी छन् । सन १९८६ साउदीको पुरानो राजधानी जेद्धा शहरमा जन्मेकि राहाले सन २०१३ मे १८ मा दक्षिणी भूभागबाट सगरमाथाको सफल आरोहण गरेकी थिईन । शिखरको क्रममा हालसम्म उनले सेभेन सम्मिट पुरा गरीसकेकी छिन । उनले पर्वतारोहणको यात्रा अफ्रिकाको सबैभन्दा अग्लो किलीमंजरो बाट सुरूवात गरेकी थिईन् । यसको अलावा अन्टार्टिकाको भिन्सन मास्सिफ, यूरोपको माउण्ट एल्ब्रुस, अर्जेन्टीनाको अकोन्कागुआ, मेक्सीकोको पिको दे ओरीजाव र पुएबलाको ईतासीहुत्ताको पनि सफल आरोहण गरी सकेकी छिन् ।

दुवै राष्ट्रहरुको राष्ट्रिय धुनसँगै सुरु भएको कार्यक्रममा नेपाली राजदुतावास रियादका राजदूत प्रा डा महेन्द्र सिंह राजपुतले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यसँगै विश्वको अग्लो शिखर सगरमाथा आरोहि राहालाई सम्मान तथा कदर गरिएको थियो । कार्यक्रमका दौरान सगरमाथाको सफल अरोहण गरि इतिहास रच्न सफल साउदि महिला राहा मोहार्राकद्वारा अरोहणको दौरान रेकर्डिङ गरिएका भिडियो क्लिप्सहरु देखाईएको थियो ।

कार्यक्रममा बोल्दै राहाले विश्वको अग्लो शिखर सगरमाथा चढ्दाको अनुभव र करिब दुई महिना नेपाल बसाई बारे जानकारि गराएकि थिइन् । नेपाली भाषाका केहि शव्दहरु प्रयोग गर्दै उनले नेपालको दिल खुलेर प्रसंशा गरिन् । त्यसैगरी उनले कार्यक्रममा सहभागीहरुले राखेको प्रश्न र जिज्ञासाहरुलाइ आफ्नै शैलीमा सम्बोधन गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा नेपाली राजदुतबास रियादका नियोग उपप्रमुख आनन्द प्रसाद शर्माले सफल आहोरि राहा मोहार्राकलाई बधाई दिएका दिए भने नेपाल भ्रमण गर्नको लागि अह्वान गर्दै उपस्थित नेपाली कम्युनिटीलाई धन्यबाद ज्ञापन समेत गरेका थिए ।

२०२० मा नेपालमा साउदी अरब देखि पनि धेरै भन्दा धेरै पार्यटक भित्र्याउने अभियान स्वरुप नेपाली राजदूतावासले यस्ता कार्यक्रमलाई प्राथमिकता दिदै जाने प्रथम सचिब भारत खनालले वताए । साथै उनले नेपालमा पर्यटकिय सम्भावित ठाउँहरु लगायत कला सांस्कृतिक बारे बिस्तृत रुपमा जानकारी समेत गराएका थिए ।

‘नेपाल पर्यटन प्रबर्द्धन बर्ष २०२०’ लक्ष्य सहित नेपालमा अभियान चलाइरहदा प्रवासका अन्य देशहरु विशेषगरी नेपाली नियोगको पहलमा यस्तै कार्यक्रमहरु अघि बढाउन सकेको खण्डमा विदेशि पर्यटकहरु नेपाल भित्राउन हौसला थपिने छ भने नेपाल पर्यटन बोर्डले राखेको लक्ष्य अवश्य पुराहुने देखिन्छ ।

वि.सं.२०७५ पुस १४ शनिवार १५:२० मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...