१५ पुस काठमाडौ । उपत्यकासहित मुलुकभर चिसो बढेपछि भाइरलको समस्याले सर्वसाधारण पीडित बनेका छन् । अघिल्लो दिनसम्म स्वस्थ रहेको व्यक्ति भोलीपल्ट बिरामी हनुको कारण चिसोसँगै वायु प्रदुषण रहेको विज्ञहरुको भनाई छ ।
हुन त मंसिरदेखी माघसम्मको राजधानीको चिसो यहाँका बासिन्दाका लागि सम्झनलायक नै हुन्छ तर यस पटक चिसो अझ बढि भएको छ, मौसमविद् मणिरत्न शाक्यले राजधानीसँग भने, एकातिर ओरालो लाग्दो तापमान, अर्कोतिर ठुलो विपत्तिले टहरामा नै जाडो बिताउनेहरुको समस्या भने झन विकराल देखिएको छ । आजको राजधानी दैनिक समाचारमा छ
वि.सं.२०७५ पुस १५ आइतवार ०८:११ मा प्रकाशित