१५ पुस सर्लाही । मूर्तीया वन व्यवस्थापन क्षेत्रअन्तर्गत नयाँरोड बरहथावा पश्चिमतर्फ धरहरामा आफ्नो जमिन अतिक्रमण गरेको भन्दै सागरनाथ वन विकास परियोजनाले सर्वसाधारणका ५० घरटहरा भत्काएको छ।
मान्छेचाहिँ नबसने जमिन मात्र ओगट्ने हिसाबले बनाइएका घरटहरा भन्तकाएका हौ, परियोजना प्रमुख देवेशमणी त्रिपाठीले भने, अतिक्रमण गरी बनाइएका त्यस्ता सबै घरटहरा भत्काउने अभियान चलाउनेछौ ।आतिक्रमण गरी घरटहरा निर्माण गर्नेहरुले केही वर्षअघि कार्यालयले वृक्षरोपण गरेको सयौँ मसलाका बिरुवासमेत उखेलेर र काटेर नष्ट पारेको त्रिपाठीले आरोप लगाए । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १५ आइतवार ०८:४२ मा प्रकाशित