१५ पुष । माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
बैंकले मिति २०७५ साल पौष १२ गते ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद«प्रसाद अधिकारी सँग संयुक्त रुपले गरे ।
यसअघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको बैंकले जनाएको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
वि.सं.२०७५ पुस १५ आइतवार १०:२६ मा प्रकाशित