back

कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

वि.सं.२०७५ पुस १५ आइतवार

321 

shares
NTC AD

गुगोल फोटो

१५ पुस, खोटाङ । लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन÷दलहन÷नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको हो ।

जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी पहिलो, दिक्तेलका अम्बिका आचार्य दोस्रो, सोल्माका यामकुमार श्रेष्ठले तेस्रो, फलफूलतर्फ याम्खाका रामबहादुर कुँवर पहिलो, विजयखर्कका जीवराज पोखरेल दोस्रो र बुइपाका सुमन राई तेस्रो, आलु बालीतर्फ खाल्लेका केदार कटवाल पहिलो, खाल्लेकै उषा राई दोस्रो र दिक्तेलका विकास आचार्यले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, माछा समूहमा सोल्माका पेशल कार्की पहिलो, नेर्पाका दुर्गाप्रसाद रिजाल दोस्रो र राम बजगाईं तेस्रो, तरकारी बाली समूहमा दिक्तेलकी खिनमाया आचार्य पहिलो, याम्खाका सुरज कँुवर दोस्रो र बाम्राङका शान्तिनारायण जोशी तेस्रो, दलहन÷तेलहन तथा नगदे बालीतर्फ निर्मलीडाँडाका लीलाप्रसाद आचार्य पहिलो, दिक्तेलका उमेशचन्द्र आचार्य दोस्रो र दिक्तेलकै गोमा आचार्य तेस्रो, विविध समूहमा बुइपाका नन्दप्रसाद घिमिरे पहिलो, बाम्राङका कमल खत्री दोस्रो र पाथेकाका देउकुमार राई तेस्रो भएका छन् ।

अर्गानिक कृषि उपज उत्पादन एवं बजारीकरणका लागि शुक्रबार र शनिबार आयोजना दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिएको प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो भएका किसानलाई क्रमशः जनही रु चार हजार, तीन हजार र दुई हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रदर्शनीका उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार अदुवाका पिता मानिने अगुवा किसान राईलाई नगद रु २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ । सुरमानलाई जिल्लामा अदुवा बुढाको नामले चिनिन्छ ।

कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा विगत विसं २०६५ देखि सञ्चालन हुँदै आएको बृहत कृषि मेला एवं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी गरिएको हो । प्रदर्शनीको आयोजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना, शुभम् फाउण्डेशन, बालसेवा समाजलगायतको संयुक्त सहकार्यमा गरिएको हो ।

वि.सं.२०७५ पुस १५ आइतवार १०:५२ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...