back

यो कस्तो निर्णय ? सफाइ पाएको खुशीयालीमा कार्यालय बन्द !

वि.सं.२०७५ पुस १५ आइतवार

210 

shares
NTC AD

१५ पुष, काठमाडौ । रौतहटको कटहरिया नगरपालिकाले लज्जास्पद् निर्णय गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा जेलबाट छुटेको खुशीयालीमा नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा सार्वजनिक बिदा घोषणा गरेको हो । निमिक्त प्रमुख प्रशासकीय प्रमुख उदयप्रसाद देवकोटाको हस्ताक्षर रहेको उक्त सूचनामा आज आइतबार सबै वडा कार्यालय र नगरका विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरिएको कुरा जानकारी गराइएको छ ।

नगर प्रमुख सियाराम प्रसाद कुशवाहालाई तत्कालीन विश्व हिन्दु महासंघका अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले फागुन २५, २०७४ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भएका थिए।

अदालतनको मिति २०७५ र ०९ र १३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित भएका थिए। अदालतले सफाइ दिएपछि कुशवाहा हेलिकोप्टर चढेर रौतहट पुगेका थिए ।
सर्वोच्चले सफाइ दिनु एउटा पाटो हुनसक्छ तर सार्वजनिक सूचना जारी गरी खुशीयालीमा बिदा घोषणा गरिनु स्वच्छचारीता होइन भन्न सकिन्न । स्थानीय निकायलाई जिम्मेवारपूर्ण र शसक्त बनाउने उद्देश्यले गठन भएका स्थानीय निकायहरु कतिसम्म स्वेच्छाचारी हुँदै गएका छन् भन्ने यो एउटै उदाहरण काफी छ ।

वि.सं.२०७५ पुस १५ आइतवार ११:२५ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...