back

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

वि.सं.२०७५ पुस १५ आइतवार

369 

shares
IME Limited
NTC AD

१५ पुस, मस्को ।  सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताए ।

“अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ परिस्थितिका बारेमा हामीले विशेष रुपमा छलफल गरेका छौं,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टर्कीका समकक्षी मेभ्लट काभुसोग्लुसँग मस्कोमा भेटवार्ता भएपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै बताए ।

“रुस र टर्कीका सैनिक प्रतिनिधिहरुबीच स्थलगत रुपमा गर्नुपर्ने समन्वयका बारेमा एक किसिमको सहमति भएको छ । सिरियाबाट सबै किसिमका आतङ्कवादी खतराहरु निमिट्यान्न पार्न दुबै मुलुकबीच समझदारी पनि भएको छ,” लाभरोभले बताए ।

टर्कीका विदेशमन्त्री काभुसोग्लुले पनि दुबै मुलुकले सिरियाका मामिलामा सहमति जनाएको पुष्टी गर्नुभयो । उहाँले सिरियाली शरणार्थीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउने बारेमा पनि छलफल भएको जानकारी दिए ।

“हामी रसिया र इरानसँग मिलेर सिरियामा राजनीतिक स्थायित्व ल्याउन तत्पर छौं ।” उनले भने ।

लाभरोभ र काभुसोग्लुका अलावा वार्तामा रुस र टर्कीका रक्षा मन्त्रीहरु क्रमशः सर्गेई शोइगु र हुलुसी अकार पनि सहभागी थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गर्नुभएको थियो । उहाँले चरमपन्थी इस्लामिक स्टेट समूह परास्त भएकाले अमेरिकी सैनिक फिर्ता गर्नुपरेको जनाएका थिए ।

चरमपन्थी इस्लामिक स्टेटले खाडी क्षेत्रको अधिकांश भूभागमा आफ्नो नियन्त्रण गुमाइसकेको छ । तैपनि, हजारौं जिहादीहरु अझै पनि युद्धग्रस्त मुलुक सिरियामा रहेको विश्वास गरिन्छ ।

शुक्रबार, रसियाले अर्को वर्षको शुरुमै सिरिया द्वन्द्वका बारेमा टर्की र इरान सम्मिलित तीन देशीय शिखर सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।

वि.सं.२०७५ पुस १५ आइतवार ११:२७ मा प्रकाशित

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र...

भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

अहमदाबाद (भारत) । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका...

होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा

होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा

टोकियो । जापानको दोस्रो ठूलो कार निर्माता होन्डाले अन्तरिक्ष क्षेत्रमा...

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’...

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र) । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार...

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

क्यानबेरा । अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार...