back

हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु– राष्ट्रसङ्घ

वि.सं.२०७५ पुस १५ आइतवार

375 

shares
IME Limited
NTC AD

१५ पुस, दुबई । यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताए ।

नाम बताउन नचाहने ती अधिकारीले शुक्रबार मध्यरातबाट हुथी विद्रोही समूह होडेडाबाट फिर्ता हुन थालेको बताए ।

हुथी विद्रोहीद्वारा सञ्चालित साबा समाचार संस्थाले एक विद्रोही नेताको भनाई उद्धृत गर्दै हुथी विद्रोही समूहले पहिलो चरणको फिर्ता थालिसकेको जनाएको छ । एएफपीका संवाददाताका अनुसार विद्रोहीले एक समारोहको आयोजना गरी होडेडा छाड्न थालेका थिए ।

विद्रोहीले होडेडा शहर छाडेसँगै भोकमरीको समस्यामा रहेका झण्डै १ करोड ४० लाख मानिसलाई खाद्यान्न सहयोग गर्न सकिनेछ । राष्ट्रसङ्घको अगुवाईमा भएको युद्धबिराम गत डिसेम्बर ८ बाट कार्यान्वयनमा आएको हो ।

उक्त शहरमा रहेका सरकार समर्थित सैनिक पनि फिर्ता हुन लागेका छन् । गत जुन १३ देखि साउदी गठबन्धनको भीषण हवाई आक्रमण पश्चात केही भागमा यमनी सेना तैनाथ छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषदले गत साता युद्धबिरामको अवस्था अनुगमन गर्न एक टोली होडेडा पठाउन सर्वसम्मत निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ देखि भडकिएको गृहयुद्धका कारण यमनमा १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।

वि.सं.२०७५ पुस १५ आइतवार ११:३२ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...