back

विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०७५ पुस १६ सोमवार

507 

shares

१६ पुस, बेझाड ।  रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग गरेको बताए ।
एक लाख ५० हजारको लागतमा दुई थान कम्प्युटर, एक थान प्रिन्टर सहयोग गरेको लेखाअधिकृत मीनबहादुर घर्तीले बताए ।
आधारभूत तहअन्तर्गत कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा सञ्चालन गर्न आर्थिक समस्याले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुन सकेको थिएन ।
घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु
माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा कार्यक्रम शुरु गरिएको हो ।
यही मङ्सिरदेखि गाउँपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सहजरुपमा घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । सो कार्यक्रमका लागि गाउँपालिकाले आव ०७५÷०७६ का लागि रु एक लाख ५० हजार रकम विनियोजन गरेको छ ।
कार्यालयको काममा असर नपर्ने गरी कार्यालयमा मौज्दात कर्मचारी व्यवस्थापन गरेर स्वास्थ्यकर्मीलाई घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले बताए ।
घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई पनि घरमै पुगेर सहज रुपमा स्वास्थ्य सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए ।

वि.सं.२०७५ पुस १६ सोमवार ०९:२७ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...