१७ पुस काठमाडौ । काठमाडौ उपत्यकासहित मुलुकभर चिसो बढेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएके जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
म्हाशाखाका अनुसार उपत्यकामा सोमबार बिहानको न्युनतम तापक्रम शुन्य दशमलब ५ डिग्री सेल्सियसमा झरेको छ ।
म्हाशाखाका अनुसार जुम्लाको न्युनतम तापक्रम माइनस ५ दहमलब १ डिग्री सेल्सियस पुगेको छ । आकाश खुला भएकाले चिसो हावा बहेर न्यनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चिसो अझै बढ्नेछ ।
न्युनतम तापक्रम घटेका कारण काठमाडौ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । केही सातादेखी मुलुकभर चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौ उपत्यकाको न्युनतम तापक्रम शनिबारभन्दा १ डिग्री तल झरेको हो । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १७ मंगलवार ०८:०८ मा प्रकाशित