१८ पुस काठमाडौ । काठमाडौ महानगरपालिकाले फोहोर व्यवस्थापनमा बर्सेनी आधाभन्दा बढी रकम खर्च गर्दै आएको छ । महानगरपालिकाअन्तर्गतको बाताबरण बिभागका अनुसार चालु आर्थिक वर्षमा महानगरले मात्र फोहोरो व्यवस्थापनका लागि ५४ करोड १४ लाख रुपैयाँ छुट्याएको छ ।
सो रकम महानगरका बस्तीबाट फोहोर संकलन गर्न महानगरपालिकाका सडक फिा गर्न, संकलन गरिएको फोहोर ल्यानडफिल साइट जाने सडक अवरुद्ध भए मर्मत गर्न खर्च हुने विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
विभागअन्तर्गत ९५६ सफाइ मजदुर कार्यरत रहेको उनले जानकारी दिए । ती मजदुरके तलबभत्ता समेत फोहोर व्यवस्थापन शीर्षककै बजेटबाट गरिने र फोहोर संकलन तथा ढुवानीमा प्रयोग हुने ट्रकको सन्चालन मर्मत सोही बजेटबाट खर्च गर्ने गरेको उनले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १८ बुधवार ०८:४१ मा प्रकाशित