
१८ पुस काठमाडौ । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविद केसी आजबाट १६ औ अनशनमा बस्ने भएका छन् । चिकित्सा शिक्षा विद्येयक संसद्मा पेस नभएपछि डा.केसी अनशन बस्न इलाम पुगेका छन् ।
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापती जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि उनले १७ पुससम्मको समयसीमा दिएका थिए । तर, विद्येयक संसद्मा पेस नभएपछि उनी अनशन बस्न लागेका हुन् ।
डा.केसी १५ औँ सत्याग्रहका क्रममा १० साउन २०७५ मा सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वन गरिनुपर्ने,सम्झौता बमेजिम अक्षरशः संशोधन गरेर संसद्बाट अविलम्ब चिकित्सा शिक्ष ऐन पारित गर्नुपर्ने माग गर्दै अनशन बस्न लागेका हुन्। आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १८ बुधवार ०८:५४ मा प्रकाशित