back

कर्णालीमा ११४ कुष्ठरोगी

वि.सं.२०७५ पुस १८ बुधवार

219 

shares
NTC AD

१८ पुस, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४-७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन् । तथ्याङ्कअनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा नौ-नौ, जुम्ला, मुगु र सल्यानमा तीन-तीन तथा हुम्लामा एक जनामा कुष्ठरोग देखिएको छ ।

सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । बिरामी वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका निर्देशक मङ्गल चौधरीका अनुसार नेपालमा वर्षेनी तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सो क्रम बढ्दो मात्रामा छ ।

साइनिङ अस्पतालमा साउनयता १० कुष्ठरोगका बिरामी उपचारका लागि आएका छन् । गत वर्ष ६० कुष्ठरोगी उपचार गर्न आएका थिए । अस्पतालले अहिलेसम्म १० हजार ८०० कुष्ठरोगीको उपचार गरिसकेको चौधरीले बताए । गत वर्ष १४६ कुष्ठरोगी भर्ना भएका थिए ।

वि.सं.२०७५ पुस १८ बुधवार ०९:३७ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...