back

शव वाहन नहुँदा समस्या

वि.सं.२०७५ पुस १८ बुधवार

612 

shares
IME Limited
NTC AD

गुगोल फोटो

१८ पुस, बैतडी ।  दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन् । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा मात्र हैन, जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदासमेत निजी सवारीमा बोकाएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिक समस्यामा पर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले बताए ।

शव वाहन नहुँदा जिल्लावासीले शवलाई डोको वा बोरामा र सडक पुगेको ठाउँमा महङ्गो भाडा तिरेर जिप र ट्याक्टरमा बोक्ने गरेका छन् । उनले भने,“शव परीक्षण तथा अन्त्येष्टि गर्नुप¥यो भने निकै समस्या हुने गर्दछ” कुनै अप्रिय घटना आत्महत्या, भइपरी आएका घटना, दुर्घटनामा कुनै व्यक्तिको शव परीक्षण समस्या पर्ने गरेको छ ।

अति आश्यक रुपमा रहेको शववाहन किन्नको लागि स्थानीय प्रशासन तथा स्थानीय सरकारले अग्रसर हुनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । स्थानीय तहले महङ्गो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरीद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहन किन्नका लागि भने चासो देखाएका छैनन् । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा कुनै पनि स्थानीय तहले शव वाहन किनेका छैनन् ।

वि.सं.२०७५ पुस १८ बुधवार १२:२९ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...