१८ पुष । जनता बैंक नेपाल लिमिटेडले विराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरका मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्य पदार्थ वितरण गरेको छ ।
निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । बैंकको प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र विराटनगर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो ।
विपन्न वर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तिको १५० परिवारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्बल उपलब्ध गराएको हो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तिका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको थियो ।
वि.सं.२०७५ पुस १८ बुधवार १६:०१ मा प्रकाशित