back

बिपी कुनै पार्टीको होइन, सम्पूर्ण नेपालीको सम्पत्ति हो

वि.सं.२०७५ पुस १८ बुधवार

522 

shares

१८ पुस, काठमाडौँ  । नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बिपी युगपुरुष व्यक्तित्व भएकामा जोड दिए ।

कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले दक्षिण एशियाको तत्कालीन सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न बिपी र नेता गणेशमान सिंह ज्यानको जोखिम मोलेर स्वदेश फर्किएको बताएका थिए ।

बिपी मेलमिलापको नीति लिएर स्वदेश फर्कदाका घटनाको स्मरण गर्दै उनका सुपुत्रसमेत रहेका महामन्त्री डा कोइरालाले बिपीले जीवनको उत्तराद्र्धमा काङ्ग्रेसका तत्कालीन शीर्ष नेतालाई एक भएर अघि बढेमा १० वर्षमा प्रजातन्त्र पुनःस्थापना गर्न सकिन्छ भनेर सुझाव दिएको जानकारी दिए ।

कार्यक्रममा नेकपा (माले) का महासचिव सिपी मैनालीले गतिशील व्यक्तित्व बिपीले आन्दोलन गर्दा कम्युनिष्टको साथ लिनु नचाहे पनि कम्युनिष्टको विरोध पनि नगरेको स्मरण गरे ।

साथै उनले बिपीले निर्वासनमा बस्दा भारतले भनेको मान्नुपर्ने देखेपछि राष्ट्रियता जोगाउन समर्पण नभई सहमतिका लागि स्वदेश फर्कनुभएको धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का संयोजक डा प्रकाशचन्द्र लोहनीले बिपी फरक विचार र दृष्टिकोण राख्ने सबैका नेता भएको उल्लेख गर्दै उनी कुनै एक पार्टीको नेता मात्र नभई सम्पूर्ण नेपालीको सम्पत्ति भएको बताए ।

बिपी आफ्ना प्रतिष्पर्धी र विरोधीलाई पनि सम्मान गर्ने नेता भएको स्मरण गर्दै डा लोहनीले स्वाभिमानी र दूरदर्शी सोच भएका नेता बिपी नेपाल र नेपाली रहेसम्म महानायकका रुपमा रहिरहने धारणा व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घका संस्थापक अध्यक्ष विपीन कोइरालाले बिपीको मेलमिलाप नीतिलाई काङ्ग्रेसले अपव्याख्या गरी गल्ती गरेको बताउँदै सच्चिएर बिपीको बाटोमा हिँड्नुपर्ने सुझाव दिए । बिपीको मेलमिलाप नीतिलाई सबैले आत्मसात् गर्न सकेमात्र मुलुकका समस्या समाधान हुने उनको धारणा थियो ।

प्रतिष्ठानका अध्यक्ष राजकृष्ण आमात्यको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण कोइरालाले बिपीको राजनीतिक दृष्टिकोण र प्रजातन्त्रका लागि गरेका सङ्घर्षका बारेमा प्रस्तुतिसहित जानकारी गराएका थिए ।

वि.सं.२०७५ पुस १८ बुधवार १८:०२ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...