back

‘बुढी हराई’ को भिडियो गीत सार्वजनिक

वि.सं.२०७५ पुस १८ बुधवार

660 

shares
IME Limited
NTC AD


काठमाडौ । लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘बुढी हराई’ गीतको भिडियो सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले बार्षिक उत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘ बुढी हराई’ सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।

दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पार्ने गरेको यर्थात कुरालाई देखाउन खोजिएको छ । परदेशमा रहेका परदेशीको सत्य भोगाईलाई गीतमा समेटिएको छ ।

भिडियोलाई अहिलेका चर्चित क्यामेरामेन जनक अधिकारीको छायाँकन छ भने , मिन प्रकाश ओलीको निर्देशन छ । भिडियोलाई गौतम ,संगिता र मधु भटटको जिवत्त अभिनय रहेको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतलाई सुवास कुथुमी राईको रेकर्डिङ छ ।

वि.सं.२०७५ पुस १८ बुधवार १८:१९ मा प्रकाशित

अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै

अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै

काठमाडौँ । अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा...

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको...

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

काठमाडौँ । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’...