back

पोल्याण्डमा ईश्वर श्रेष्ठको हत्या भारतीय नागरिकद्वारा भएको पुष्टि

वि.सं.२०७५ पुस १९ बिहीवार

363 

shares
IME Limited
NTC AD


मित्र लाल पार्दे, वारसवा पोल्यान्ड
हालै पोल्यान्डमा भएको रेस्टुरेन्ट व्यवसायी ईश्वर श्रेष्ठको मृत्यु उनकै कामदार इन्डियन नागरिकद्दारा हत्या गरिएएको प्रहरीले पुष्टि गरेको छ । शुक्रबार लेगिनोभ क्षेत्रबाट पोल्यान्ड वारसवा प्रहरी मृतक ईश्वर श्रेष्ठ हराएको रिपोर्ट गएपछि पोल्यान्ड प्रहरीले हराउनुको कारण खोजतलास गरेको थियो ।

अर्को दिन बिहान शनिबार पोल्यान्ड प्रहरीले ईश्वर श्रेष्ठको मृत शरीर कारभित्र भेटाउन सफल भएको थियो । उक्त रहस्यमय मृत्युको अनुसन्धानको लागि केही व्यक्तिहरु पक्राउ गरि अन्ततः पोल्यान्ड प्रहरी २ इन्डियन हत्यारा समाउन सफल भएको छ । अन्दाजी २८ वर्ष र २७ वर्षका ती इन्डियनहरुले हत्या गर्नुको कारण कामदार र रेस्टुरेन्ट मालिक बिच भएको आन्तरिक द्वन्द बताइएको छ । उनिहरुको श्रेष्ठलाई मार्ने योजना अगाडि नै बनाएको पनि पोल्यान्ड प्रहरीले पुष्टि गरेको छ ।

ती दुई इन्डियन नागरिकहरुलाई ईश्वर श्रेष्ठको हत्या कसुरमा पोल्यान्डको कानुन अनुसार तत्कालको लागि तीन महिनाको लागि जेलमा लगिइएको छ । अदालती प्रक्रिया र पोल्यान्डको कानुन अनुसार हत्या सम्बन्धि अपराधको प्रकृति हेरेर ८ वर्ष देखि २५ वर्ष सम्म जेल सजाय हुनेछ ।

नेपाली नागरिक ईश्वर श्रेष्ठको हत्याको घटनाले पोल्यान्डमा बिदेशी नागरिकहरुमा एक किसिमको सन्त्रास पनि फैलिएको छ । पोल्यान्डमा नेपाल सरकारको कुट्नैतिक निकाय नहुदा पोल्यान्डमा रहने झन्डै १० हजार नेपालीलाई समस्या पर्दा जर्मनी स्थित बर्लिन दूतावासमा हारगुहार गर्नुपर्ने अवस्था भएको छ । दिनप्रतिदिन पोल्यान्डमा नेपालीहरुको वृद्धि हुदा यहाँ नेपाल हेर्ने आधिकारिक कुटनैतिक निकायको आवश्यकताको महशुश दिन प्रतिदिन हुन थालेको छ ।

वि.सं.२०७५ पुस १९ बिहीवार ०८:४१ मा प्रकाशित

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...