
१९ पुस काठमाडौ । काठमाडौका सडकपेटीमा बड्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ ।
प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वुद्धवृद्धालाई वुद्धाआश्रममा राखिने छ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ ।
काठमाडौ परिसर प्रमुख एसएसपी लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताए । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस १९ बिहीवार ०८:५७ मा प्रकाशित