back

नयाँवर्ष २०१९ र राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै जनसम्पर्क समिति आयरल्याण्ड

वि.सं.२०७५ पुस १९ बिहीवार

363 

shares
IME Limited
NTC AD

 

नेपाली जनसम्पर्क समिति आयरल्यान्डले नयाँबर्ष २०१९ र ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गर्ने भएको छ ।
७ जनवरी २०१९ सोमबारका दिन आयरल्यान्डको डब्लिनस्थित टीचर्स क्लबमा भेटघाट, शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न समितिले जनाएको छ । कार्यक्रममा नेपाली दूताबास लन्डन लगायत आयरल्यान्डमा रहेका नेपाली संघ संस्थाहरु र आयरल्यान्डबासी सबै नेपालीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको अध्यक्ष शुक्रराज न्यौपानेले बताएका छन् ।
त्यस्तै कार्यक्रमलाई संम्बोधन गर्न नेपाल तथा युरोपका कांग्रेस नेताहरुको उपस्थिति रहने जानकारी पनि अध्यक्ष न्यौपानेले जानकारी दिए ।

मातृपार्टी नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई आयरल्यान्डमा पनि निरन्तरता दिने गरी समितिले यस्तो कार्यक्रम गर्न लागेको हो । आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ८ वर्ष जेल चलान गरिएको थियो ।

जेलबाट छुटेपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत निर्वासमा गएका थिए । भारत निर्वासित भएर बस्दा पटकपटक अपमानित हुनु परेको र भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको निष्कर्षका साथ विपीसहितका नेता नेपालमै बसेर राजासँगै हातेमालो गर्न सकिने भन्दै नेपाल फर्किएका थिए ।

नेपाल फर्किएर राजासँग हातेमालो गरे अघि बढ्ने भन्दै आएका उनीसहितका नेतालाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।

 

वि.सं.२०७५ पुस १९ बिहीवार ०९:०१ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...