back

श्रीमतीमाथि एसिड प्रहार

वि.सं.२०७५ पुस १९ बिहीवार

378 

shares
IME Limited
NTC AD

१९ पुस, भतरपुर ।  एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पोखराबाट ग१य ५४३ नंको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौँडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लाका सबै नाकामा घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

वि.सं.२०७५ पुस १९ बिहीवार ०९:३२ मा प्रकाशित

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा...

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...