back

इराकको सुलेमनीमा २८५५ औँ सोनाम ल्होछार मनाइने

वि.सं.२०७५ पुस १९ बिहीवार

2.4K 

shares

श्याम माम्बा तामाङ

इराकको कुर्दिस्तान स्थित सुलेमनीमा मन्जु श्री सम्बत २८५५ सोनाम ल्होछार (फग ल्हो) को उपलक्ष्यमा सास्कृतिक कार्यक्रमका साथ यहि आउदो फेब्रुअरी १ तारिख शुक्रबारका दिन भब्य रुपमा मनाईने भएको छ।

आफ्नो मौलिक भाषा, धर्म, कला ,सस्कृती र भेषभुषा हरेक जातीको पहिचान हो आफ्नो पहिचान संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो भन्ने उदेश्यका साथ नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक ,कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान इराकले संयुक्त रुपमा २८५५ औ सोनाम ल्होछर सस्कृतिक कार्यक्रम गर्ने भएको हो।

गत डिसेम्बर २८, २०१८ शुक्रबारका दिन कुर्दिस्तान इराकमा स्थापित बिभिन्न संघ ,सस्था हरुलाई नेपाल तामाङ घेदुङ् कुर्दिस्तान इराकले ल्होछार सम्बन्धि छलफलको लागि पत्राचार गरेको थियो । उक्त दिन उपस्थित भेलाले सम्पुर्ण संघ, सस्थाका बुद्धिजीवी उपस्थित भई उक्त बृहत छलफलबाट ल्होछर कार्यक्रम संयुक्त रुपमा गर्ने निर्णय भएको थियो र  मिति ३१ डिसेम्बर २०१८ सोमबारका दिन सिटि स्टार क्याफेमा संयुक्त रुपमा पुन बैठक बसी नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका उपाध्यक्ष श्याम मम्बा तामाङ को संयोजकत्वमा ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो।

उक्त कार्यक्रमलाई भब्य र सभ्य बनाउन सहसंयोजकमा कुर्दिस्तान प्रवासी नेपाली समाज केन्द्रीय सदस्य ठूलो कान्छा शेर्पा रहेका छन।

इराकमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुनका लागि हार्दिक अनुरोध गरिएको छ ।
नेपाली भेटघाट पार्क देखि कार्यक्रम स्थानसम्म पुग्ने यातायातका ब्यबस्थासमे गरिएको बताइएको छ

कार्यक्रम हुने
मिती: फेब्रुअरी १
समय : बिहाना १०.०० देखि साझा ६.०० बजे सम्म
स्थान : सर्चिनर ओक्सकर हल

वि.सं.२०७५ पुस १९ बिहीवार १०:१२ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...