back

पारिवारीक समाज नेपालको पहलमा आर्थिक सहयोग

वि.सं.२०७५ पुस १९ बिहीवार

393 

shares
IME Limited
NTC AD

तेज थापा,काठमाडौं । पारिवारिक समाज नेपाल, साउदी अरबका अध्यक्ष अमृत पौडेलको पहलमा ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’ लाई १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
स्वेता के.सी अध्यक्ष रहेको उक्त संस्थालाई काठमाडौंमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै संस्था कि अध्यक्ष केसीले सो रकम अनाथ बालबालिकाहरुलाई राख्ने टहरो निर्माणमा खर्च गर्ने बताएकी छिन् ।

के.सी.ले विगत १० बर्षदेखि अनाथ बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् भने हाल उनको आश्रममा २५ जना अनाथ बालबालिकाहरुले आश्रय पाएका छन् । विगत केही बर्षदेखि घर भाडामा लिइ आश्रम संचालन गर्दै आएकी केसीले खर्च कम गर्न हाल १ रोपनी जग्गा भाडामा लिएर अनाथ बालबालिकाहरुको आश्रमका लागि एउटा टहरो निर्माण गर्दै छन् । सो टहरा निर्माण र व्यवस्थापनका लागि उनले देश विदेशका सहयोग गर्न इच्छुक दाताहरुसँग आर्थिक सहयोगको लागि अनुरोध समेत गरेकी छन् ।

सो अभियानमा हातेमालो गर्दै पारिवारिक समाज नेपाल, साउदीका अध्यक्ष अमृत पौडेलको सक्रियतामा अमृत पौडेल ७४१, द्वारिका राज गिरी ६३१, अमर सापकोटा ५००, मदन ओडारी, २००, हेम सुबेदी, २००, सौरव आचार्य १६६, अरुण बेलबासे १५०, सन्तोष सुबेदी १५०, राजाराम थारु १५०, हुम सुनारी मगर १०१, बिनोद खड्का १०१, गोपाल पंगेनी, १०१, बाबुराम शर्मा १०१, पारस काफ्ले १०१, श्री रायमाझी १०१, जीतेन्द्र थपलिया १००, सुरेशराज त्रिपाठी ५१, पदम प्रसाद पाण्डे ५१, महेश घिमिरे ५१, गणेश पोख्रेल ५१, बिष्णु पौडेल ५१, तोकानाथ न्यौपाने ५१, लक्ष्मण पौडेल ५० र बिष्णु घिमिरे ५० लगायतका सहयोगी दाताहरुबाट साउदि रियाल ४,००० (अर्थात नेपाली रुपैयाँ १ लाख २० हजार) सहयोग जुटाईएको थियोे ।

संकलित रकम समाजका पूर्व प्रमुख सल्लाहकार हुम सुनारी मगर र समाज कै अध्यक्ष अमृत पौडेलकि धर्मपत्नी लक्ष्मी पौडेलले बालबालिका तथा महिला शिक्षा सहयोगार्थ संस्था कि अध्यक्ष केसीलाई आज पौष १३, गते हस्तान्तरण गरेका हुन् ।

स्मरण रहोस्, अमृत पौडेल अध्यक्ष रहेको संस्था, पारिवारिक समाज नेपालले विगतमा धेरै सामाजिक कार्यहरु गरिसकेको छ । एक बर्ष अगाडी साउदी अरेवीयामा तीन वटा कार्यक्रम आयोजना गरेर धुर्मुस–सुन्तली फाउन्डेशनलाई ७० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको थियो ।

त्यसैगरी साउदीमा आजीवन जेल सजाय सुनाइएका रोल्पाका दिल ब. घर्ती र गोर्खाका कुमार रानालाई जेलमुक्त गराउन समाजले झन्डै साढे चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने समाजले यस्ता अन्य सामाजिक कार्यहरुमा समेत सक्रियता देखाउदै आइरहेको छ ।

वि.सं.२०७५ पुस १९ बिहीवार १५:२० मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...