back

जाउलो पकाउन सिकाउँदै गाउँपालिका

वि.सं.२०७५ पुस १९ बिहीवार

1.6K 

shares
NTC AD

१९ पुस, रुकुम पुर्व । रुक्मेली समाज विकास केन्द्रद्वारा सञ्चालित सुआहारा कार्यक्रमले जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सीका आमाहरूलाई जाउलो पकाउन सिकाइराखेको छ । बालबालिकालाई कुपोषण तथा विभिन्न रोगबाट बचाउन आफ्नै खेतबारीमा उत्पादन गरेका गेडागुडी र सागसब्जीबाट जाउलो बनाउन सिकाउने गरेको सुआहाराले जनाएको छ ।

बालबालिकाको मानसिक विकास दुई वर्षभित्रमा ८० प्रतिशतसम्म वृद्धि हुने भएकाले बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासमा सन्तुलन होस् भनी जाउलो पकाउन सिकाइएको बताइएको छ । “आफ्नै बारीमा उत्पादित गेडागुडी तथा सागसब्जीबाट बनेको पोषिलो जाउलो आफ्ना सन्तानलाई खुवाइरहेका छाँै,” एक आमाले भनिन् “पहिले त बच्चाका लागि जाउलो कसरी तयार पार्ने भन्ने कुरा पनि थाहा थिएन ।”

अहिले गाउँपालिका–३ मा मात्र जाउलो पकाउन सिकाएको सुआहाराले क्रमिकरूपमा सबै वडामा यो कार्यक्रम लागू गरिने बताएको छ । सुआहाराले विगत पाँच वर्षदेखि भूमेका तीन वडामा कुपोषित बालबालिकाका लागि पोषण सामग्री पनि वितरण गर्दै आएको छ ।

वि.सं.२०७५ पुस १९ बिहीवार १६:०१ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...