२० पुस काठमाडौ । बालिका निर्मला पन्तको बलत्कार पछि हत्या घटनामा लापरबाहि गर्ने आठ प्रहरीविरुद्ध मुद्धा चल्ने भएको छ ।
अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्धा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।
एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्धा चलाउन प्रहरी महानिरीक्षक सर्वेद्र खनालले जिल्ला प्रहरीलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्धा तथा निर्दाेषलाई यातना दिएकोमा यीमध्ये चारलाई यातनासम्बन्धी मुद्धासमेत चलाउने निर्णय भएको छ ।
सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टसहित अवकाशपाप्त डिएसपी ज्ञानबहादुर सेठी,डिएसपी अंगुर जिसी,इन्सपेक्टर एकेन्द्र खड्का,सहीहरु रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुको कसुर मुद्धा चलाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २० शुक्रवार ०८:३८ मा प्रकाशित