back

कर्मचारीको समायोजन नमिलाए लोकसेवाको काम प्रभावित हुने

वि.सं.२०७५ पुस २० शुक्रवार

432 

shares
IME Limited
NTC AD

२० पुस, काठमाडौँ । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ ।

लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनले भने, “समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।”

आयोगको वार्षिक पात्रोअनुसार पुस महीनामा नायब सुब्बा पदको पदपूर्तिका लागि महीनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उनले जानकारी दिए । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मङ्सिरमा मात्र लिइएको थियो ।

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ ।

वि.सं.२०७५ पुस २० शुक्रवार ०८:४२ मा प्रकाशित

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय...

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक...